+

माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

२०७२ माघ  ४ गते १४:५९ २०७२ माघ ४ गते १४:५९
माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

Balgopal-Maharjan

४ माघ, काठमाडौं । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने बताएका छन् ।

बङबन्धु कपको सेमिफाइनलमा नेपालले भोलि मंगलबार माल्दिभ्सको सामना गर्नेछ । समूह चरणको तीन वटै खेलमा हार नव्यहोरेको नेपालले गोल भने एक मात्र गरेको छ ।

श्रीलंकालाई १-० ले पराजित गरेको नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

मंगलबारको खेल अघि प्रशिक्षक महर्जनले सेमिफाइनलमा नेपालले आफ्नो खेल सुधार गर्नु पर्ने बताए । उनले भने-हामीले एक गोल मात्र गरेका छौं र हाम्रो फ्रन्ट लाइन सुधार गर्न जरुरी छ ।’

तर, नेपालले माल्दिभ्सविरुद्धको खेल कुनै सर्तमा जित्नु पर्ने उनले बताए । बराबरी पर्याप्त नहुने उनले बताए ।

ममाल्दिभ्सको टीममा टेक्निकल्ली राम्रो खेलाडीहरु रहेको भन्दै उनले ५०-५० को अवस्था रहेको बताए ।  पछिल्लो समय आफ्नो खेलमा सुधार गरेको भन्दै रिजल्ट के हुन्छ भन्न नसकिने बताए ।

फुटबलमा जे पनि हुन सक्ने उनले बताए । उनले भने-१०-१५ वर्ष अघिसम्म हामीले दबावमा राख्थ्यौं । तर, अहिले माल्दिभ्सले धेरै सुधार गरेको छ ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय