+
+

उर्जामन्त्रीले भनेः लोडसेडिङ बैशाखदेखि घट्छ, ०७४ सालमै हट्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २७ गते १४:३९

Top-Bahadur-Rayamajhi
२७ चैत, काठमाडौं । उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले २०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् । उनले बैशाखदेखि लोडसेडिङको समायावधि निकै कम हुने दावी गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री रायमाझीले लोडसेडिङ अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने ठोकुवा गरे ।

उनले भने,’उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भइरहेकोले आउँदो सालमा दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ् हुने ठोकुवा गर्छु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।’

मन्त्री रायमाझीले भने,’हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं ।’ उनले पूरानो परम्परालाई क्रमभंग गरेर नयाँ गुरुयोजनाहरु सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको दाबी गरे ।

मन्त्री रायमाझीले बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका आयोजनको चाँडै निर्माण कार्य अगाडि बढ्ने बताए ।

भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव-स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने रायमाझीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?