+

स्पेनिस लिग खेल्ने सपना बुन्दै नेपाली किशोर

२०७३ वैशाख  १ गते १८:०० २०७३ वैशाख १ गते १८:००

बार्सिलोना । अहिले विश्व फुटबलमा स्पेन केन्द्रमा छ । क्लव फुटबलमा स्पेन विश्वविख्यात नै छ । रियल म्याड्रिड र बार्सिलोनाजस्ता महारथी क्लवहरुको स्पेनिस लिग सुन्दर खेलका लागि संसारमै चर्चित छ । सवैको सपना हुन्छ स्पेनको लिगमा खेल्ने । तर सबैको सपना कहाँ पुरा हुन्छ र ? यस्तै सपना पालेर बसेका छन् एक नेपाली किशोर गोकर्ण डुम्रे ।

स्पेनिस लिग खेल्ने सपना बुन्दै नेपाली किशोर

Gokarna-Dumre1

बसन्त रानाभाट

बार्सिलोना । अहिले विश्व फुटबलमा स्पेन केन्द्रमा छ । क्लव फुटबलमा स्पेन विश्वविख्यात नै छ । रियल म्याड्रिड र बार्सिलोनाजस्ता महारथी क्लवहरुको स्पेनिस लिग सुन्दर खेलका लागि संसारमै चर्चित छ । सवैको सपना हुन्छ स्पेनको लिगमा खेल्ने । तर, सबैको सपना कहाँ पुरा हुन्छ र ? यस्तै सपना पालेर बसेका छन् एक नेपाली किशोर गोकर्ण डुम्रे ।

१६ बर्षअघि स्याङ्जामा जन्मिएका यी किशोर पाँच बर्षअघि परिवारसहित स्पेनको बार्सिलोना आएका थिए । त्यतिवेला भर्र्खरै विश्वकप जितेको स्पेनमा फुटबलको माहोलपनि उत्तिकै फस्टाइरहेको थियो । त्यसोत स्पेन फुटबलको सदावहार राजधानीजस्तो मानिन्छ ।

नेपाल छँदै फुटबल प्रति रुचि राख्ने डुम्रेको सपना स्पेन आएपछि साकार हुन थाल्यो । परिवारको प्रेरणा र सहयोगले उनले व्यवशायिक फुटबलमा पाइला राखेका छन् । स्पेन आएको एक बर्षपछि नै उनले बार्सिलोनाको फुटबल क्लव ला फ्लोरिदाबाट उनले प्रशिक्षण सुरु गरे ।

२०१२ देखिको फुटबल यात्रा

सन् २००० मा स्याङजामा जन्मेका उनी मंगलबारदेखि १६ बर्ष लागे । फुटबल क्लब ला फ्लोरिदाको एकेडेमीमा सन् २०१२ देखि २०१४ सम्म खेलेका उनले सो अवधिमा ६२ खेल खेल्दै ८ गोल पनि गरेका छन् भने १० गोल एसिस्ट गरेका छन् । उनले अन्डर-१६ टोलीबाट खेलहरुमा सहभागिता जनाएका थिए ।

सन् २०१४ मा नै फुटबल क्लब कान भिडालेदमा उनि आबद्द हुन भए । अन्डर १६ अन्तर्गत काडेट दोस्रो डिभिजनमा प्रतिस्पर्धा गर्ने डुम्रेले मौका पाए । त्यसको एक बर्षपछि उनले काडेट पहिलो डिभिजनबाट जुनियर लिग खेलिरहेका छन् ।

लिग सिस्टममा खेलाईने खेलहरुमा अन्डर १६ अन्तर्गत नै अन्य क्लबहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने हुँदा उनको खेल स्तरले समेत उचाई चुम्दै गएको छ । कान भिडालेद क्ल्बमा आबद्द भएपछि डिफेन्डर पोजिसनबाट पनि डुम्रेले सन् २०१४ यता मात्र ५६ खेल खेल्दै ६ गोल गरेका छन् भने ६ गोलका लागि बल उपलब्ध गराएका छन् ।

Gokarna-Dumre

सानैदेखि फुटबलप्रति मोह

सानैदेखि फुटबलप्रतिको चासो राख्ने डुम्रे स्पेन आउनुभन्दा १ बर्ष अघिमात्रै स्पेनले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । फुटबलका लागि मलिलो भूमी मानिने स्पेनको क्याटलान क्षेत्रमै रहेपछि त उनी तिखारिँदै गए । बार्सिलोनामा बस्ने भएपछि निश्चय नै उनलाई बार्सिलोना र त्यसका खेलाडीहरु मनपर्छ । उनलाई कार्लोस पुयोल, सर्जियो रामोस, थियागो सिल्भा, मास्केरानो जस्ता खेलाडीहरुको खेल निकै मन पर्छ ।

उनीहरुकै खेलबाट प्रभावित भएर धेरै कुरा सिकेको समेत डुम्रे बताउँछन् । एक दिन स्पेनको क्लवबाट ला लिगा खेल्ने उनको सपना छ । साथै नेपाली राष्ट्रिय टोलीबाट खेल्ने सपना पनि उनले मारेका छैनन् । उनले भने, ‘छातीमा हात राखेर,सयौं थुङ्गा फुलमा हामी एउटै माला नेपाली भन्दै, नेपालका लागि फुटबल खेल्ने मेरो ठुलो ईच्छा छ।’

डुम्रेबारे एन्फालाई जानकारी

गोकर्णका पिता शालिकराम डुम्रेले आफ्नो छोरालाई नेपालमा अन्डर १७ अन्तर्गत राष्ट्रिय टिममा आबद्द गराउन अखिल नेपाली फुटबल संघ एन्फासँग कुराकानी भइरहेको बताएका छन् । उनले भने, ‘नेपालमानै कर्मा छिरिंङ शेर्पालाई भेटर सबै कुरा गरेको छु, बायोडाटा सहित उसले खेलेका केहि भिडियोहरु समेत पठाएका छौं, तालिम र खेलका लागि हामी समय म्यानेज गर्न तयार छौं ।’

उनले कर्माबाट सहयोगको आश्वासन पाएका छन् । तर कर्मा आफै भने एन्फाको कारबाहीमा परेका पदाधिकारी हुन् । उनलाई अनुशासनको कारबाही गरेेर एन्फाले पदबाट बर्खास्त गरेको थियो ।

नेपाली फुटबल बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१