+

पीएफए वर्ष खेलाडी अवार्ड रियाद महरेजलाई

२०७३ वैशाख  १३ गते ८:१९ २०७३ वैशाख १३ गते ८:१९
पीएफए वर्ष खेलाडी अवार्ड रियाद महरेजलाई

Riyad Mahrez१३ वैशाख, काठमाडौं । लिसेस्टर सिटीका फवार्ड रियाद महरेजले प्रोफेसनल फुटबलर एशोसिएसन प्लेयर अफ दि इयर अवार्ड जितेका छन् ।

महरेजले प्रिमियर लिगको ३४ खेलमा १७ गोल गरेका छन् भने ११ असिस्ट गरेका छन् । र, लिसेस्टर उपाधि नजिक छ ।

पीएफए वर्ष खेलाडीको अवार्डका लागि महरेजसँगै टोटनहृयामका हृयारी केन, लिसेस्टरकी जेमी भर्डी, आर्सनलका ओजिल पनि दाबेदार थिए ।

अवार्ड समारोहको ठीक अघि लिसेस्टरले स्वान्सी सिटीलाई ४-० हराएको थियो, र, महरेजले गोल गरेका थिए ।

टोटनहृयामका डिमफिल्डर डेला अलाइ पीएफए युवा वर्ष खेलाडी घोषित भएका छन् ।

प्रिमियर लिग लिसेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय