Comments Add Comment

शिक्षामन्त्रीका एकैदिन ११ कार्यक्रम

आठ घण्टामा आठ विद्यालयम भवनको शिलान्यास र उद्घाटन

Girirajmani Pokhrel२९ वैशाख, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल मंगलबार एकैदिन महोत्तरी र सर्लाहीमा ११ वटा औपचारिक कार्यक्रममा सहभागी भए ।

आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटनन मात्रै गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

बिहान ६ बजेदेखि अपराहृन दुई बजेसम्ममा मन्त्री पोखरेलले महोत्तरीमा सात र सर्लाहीमा एउटा गरी आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरेका हुन् ।

यसबीचमा उनले महोत्तरीका केही विद्यालय र मदरसाको अनुगमन-निरीक्षणसमेत गरेका थिए ।

प्रहरी स्कर्टिङमा हिँड्दा ढिलो हुने भएपछि मन्त्री पोखरेलको गाडी धेरै ठाउँमा स्कर्टिङ पछि पार्दै अघि बढेको थियो । उनी केही स्थानमा पाँच मिनेट पनि नबसी सिमेन्ट र बालुवामा इँटा जोडेर शिलान्यास गर्दै हिँडेका थिए ।

रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय उमाविमा प्राविधक तथा व्यावसायकि भवनको शिलान्यासपछि मन्त्री पोखरेल मञ्चमै नउक्ली हिड्न खोजे ।

मन्त्रीले समय नदिएको भन्दै केहीस्थानीय तथा पार्टी कार्यकर्ताले गुनासो गरेपछि गाडी चढिसकेका मन्त्रीले मञ्चमा उक्लेर दुई मिनेट सम्बोधन पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment