+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल जापान विद्यार्थी समाजले वार्षिकोत्सव मनायो

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते ७:४०

japan_studentटोकियो । नेपाल जापान विद्यार्थी समाजले विविध साँकृतिक कार्यक्रमसहित आइतबार टोकियोस्थित टोकियो रोधी क्लवमा पहिलो वार्षिकोत्सव मनाएको छ ।

आफ्नो पहिलो वार्षिकत्सवको अवसरमा समाजले प्रकाशन गरेको गोजी पात्रो र विद्यार्थी डायरीको प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र समाजका अध्यक्ष सन्तोष चोखालले संयुक्तरुपमा विमोचन गरेका थिए ।

कार्यबाहक राजदूत राजभण्डारीले वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गर्दै विद्यार्थीहरुको मुख्य लक्ष्य अध्ययन गर्नु भएकाले लगनशीलता र मिहिनेतका साथ आफ्नो उद्देश्य पुरा गर्नतर्फ लाग्नुपर्ने सुझाव दिए ।

समारोहमा एनआरएन जापानका अध्यक्ष सुदन थापा, सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएन आइसीसी सदस्य कपिलदेव थापा, संस्थाका सल्लाहाकार दिपकबाबु नेपाल, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, ब्यवसायी बाबुराम भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

त्यस्तै समाजले वार्षिकोत्सवको अवसरमा जापानमै उच्च शिक्ष हासिल गरी परदेशमा रहेर पनि राष्ट्र र राष्ट्रियताप्रतिको माया जगाउँदै राष्ट्रको नाम उच्च राख्न पुर्याएको योगदानको कदर गर्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

वार्षिकोत्सव समारोहको कार्यवाहक राजदूत राजभण्डारी, एनआरएन जापानका अध्यक्ष थापा, सल्लाहकार जिवनकुमार थापा र समाजका अध्यक्ष चोखालले संयुब्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहमा महासचिव चेतन पौडेलले कार्यप्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जापानमै रहेर कला क्षेत्रको उजागर गर्दै आएका स्थानिय कलाकार रामकृष्णबम मल्ल, सूर्य खड्का, विनोद भण्डारी, समुन्द्रराज पौडेल, हाँस्यकलाकार कुमार श्रेष्ठ ‘फर्सीलाल’, प्रदीप कार्की, केशव शर्मा, संगीता क्षेत्री, सनम शाही, दिब्य नेपाल लगायतको साँगीतिक तथा अन्य प्रस्तुतीहरु रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?