+
+

भारतले एकसाथ २० उपग्रह अन्तरिक्षमा पठायो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते ११:४८
isro_pslv
तस्वीर: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)

८ असार, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बुधबार बिहान एकसाथ २० उपग्रहलाई अन्तरिक्षमा पठाएको छ ।

आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सतीश धवन केन्द्रले सी ३४ को माध्यमबाट उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

भारतले एकसाथ २० उपग्रहलाई अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । यसअघि अमेरिका र रुसले यसरी धेरै संख्यामा उपग्रहहरु प्रक्षेपण गरेका थिए ।

प्रक्षेपणपछि इसरोका प्रमुख एस किरण कुमारले पीएसएलबी सी ३४ ले आफ्नो काम पूरा गरेको बताए ।

अन्तरिक्षमा पठाइएका २० मध्ये तीनवटा भारतका र १७ वटा विदेशी उपग्रह हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?