
नायिका तथा निर्मात्री सुस्मिता केसीका लागि यतिबेला २ नयाँ अनुहारमाथि भर पर्नु पर्ने अवस्था छ । निर्माणमा असफल नभएकी सुस्मितालाई यतिबेला साथ दिनका लागि छोरा अनमोल केसी त अगाडि सरेका छन् । तर, अनमोलको नाम दर्शकले निर्माताको रुपमा पर्दामा मात्र देख्नेछन् ।
सुस्मिताको निर्माणमा बनेको चलिचत्र ‘म त तिम्रै हुँ’ साउन ७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा सुस्मिताले मुख्य भूमिकामा आकाश श्रेष्ठ र ज्योत्सना योगीलाई अगाडि सारेकी छिन् ।
छोरा अनमोललाई प्रचारमा हिडाउने उनको योजना छैन । कारण, यी दुबै नयाँ अनुहारलाई दर्शकले चिनेनन् भने चलचित्र चल्न गाह्रो हुन्छ । किनकी, यसपटक अनमोल पर्दामा देखिने छैनन्, मात्र उनको नाम निर्माताको रुपमा आउनेछ । कलेज पढ्ने यूवायूवतीको कथामा बनेको यो चलचित्रलाई श्रीराम महत्तले निर्देशन गरेका हुन् । श्रीराम आफूले यूवापुस्तालाई ध्यानमा राखेर चलचित्र बनाएको बताउँछन् ।
आकाश र ज्योत्सनामाथि पूर्ण विश्वास रहेको भनाई श्रीराम र सुस्मिता दुबैको छ । साउन ७ गते चलचित्र प्रदर्शन भएपछि यी दुई कलाकारको करिअरको चर्चा हुनेछ ।
प्रतिक्रिया 4