+
+
Shares

१० अर्बको रिभर्स रिपो आज

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते ११:२३

Nrb-810
५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको लगानी योग्य पुँजीको पर्याप्तता (अधिक तरलता) खिच्ने उद्देश्यले रिपो जारी गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ ।

असारको अन्तिममा सरकारी विकासखर्च अत्याधिक बढेकाले बजारमा तरलता बढेको छ । असार अन्तिम सातामात्रै साढे ४७ अर्ब रुपैयाँ सरकारी विकास खर्च भएको छ ।

राष्ट्र बैंकले जारी गर्ने रिपोको समयावधि ७ दिनको हुनेछ । जसअनुसार साउन १२ गते रिपो म्याचुअड हुने राष्ट्र बैंकले जनाएको छ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगनी गर्न पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एगि्रमेन्ट अनिवार्य हुनुपर्नेे राष्ट्र बैंकले जनाएको छ ।

रिपोमा सहभागी हुन बैंकहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धाण गरिने छ ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक-पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । आज जारी गर्ने रिपो नयाँ आर्थिक वर्ष २०७३/०७४ को पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?