+
+
Shares

खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १४:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कात्तिक २०८२ मा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित रहेको छ र खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक छ।
  • तरकारीको मूल्य १४.४३ प्रतिशतले घटेको छ भने मरसमला र दाल तथा गेडागुडीको मूल्य क्रमशः ७.८५ र ५.३६ प्रतिशतले घटेको छ।
  • सहरी क्षेत्रमा मूल्यवृद्धि १.२६ प्रतिशत र ग्रामीण क्षेत्रमा ०.६६ प्रतिशत रहेको छ भने प्रदेशगत रूपमा कोशीमा सबैभन्दा बढी १.८० प्रतिशत मूल्यवृद्धि भएको छ।

२९ मंसिर, काठमाडौं । खाद्य र पेय पदार्थको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा मुद्रास्फीति १.११ प्रतिशतमा सीमित छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक छ ।

गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष कात्तिकमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत थियो । अघिल्लो वर्ष खाद्य र पेय पदार्थको मुद्रास्फीति ९.१० प्रतिशत थियो ।

गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत थियो । पछिल्लो चार महिनाको औसत मूल्यवृद्धि १.५३ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिको औसत मूल्यवृद्धि ४.५० प्रतिशत थियो ।

तरकारीको मूल्य सबैभन्दा अधिक गिरावट

राष्ट्र बैंकका अनुसार तरकारीको मूल्यमा यस वर्ष सबैभन्दा धेरै गिरावट आएको छ । तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशतले घटेको छ ।

मरसमलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.३६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । घिउ तथा तेल पदार्थको ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध तथा अन्डाको १.९७ प्रतिशतले बढेको तथ्यांक छ ।

गैरखाद्यतर्फ विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.१७ प्रतिशत, शिक्षा ७.५६, कपडाजन्य तथा जुत्ताचप्पल ६.२९ र सुर्तीजन्यको ४.८४ प्रतिशतले बढेको छ ।

बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।

सहरी क्षेत्रमा १.२६ प्रतिशतले मूल्यवृद्धि हुँदा ग्रामीण भेगमा ०.६६ प्रतिशत छ । प्रदेशगत हेर्दा कोशीमा १.८०, मधेश १.७३, बागमती ०.८१, गण्डकी ०.३७, लुम्बिनी १.२७, कर्णाली १.०८ र सुदूरपश्चिममा ०.२६ प्रतिशत छ ।

त्यस्तै काठमाडौंमा १.१६, तराई १.२४, पहाड ०.८८ प्रतिशत र हिमालमा १.०६ प्रतिशतको मूल्यवृद्धि भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?