Comments Add Comment

नेपालसँग खेल्नुअघि नेदरल्याण्ड्स अफगानसँग हार्‍यो

Afghanistan

१६ साउन, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालसँग खेल्ने तयारीमा रहेको नेदरल्याण्ड्सले आइसीसी इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँग १ इनिङ र ३६ रनको पराजय ब्यहोरेको छ ।

नेदरल्याण्ड्सको भोरबर्गस्थित स्पोर्टसपार्कमा भएको खेलमा अफगानिस्तानले दोस्रो दिनमै जित हासिल गर्न सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले पहिलो इनिङमा ११७ रनमात्र जोड्न सक्यो । उसका लागि पिटर सीलारले अविजित ३८ र मिचेल रिब्बोनले २४ रन बनाउनुबाहेक अन्यले उल्लेख प्रदर्शन गर्न सकेनन् ।

नेदरल्याण्डलाई ४० ओभरभित्रै अलआउट गर्ने क्रममा यामिन अहमद्जाइले ५ र द्वालात जर्दानले ४ विकेट लिए । क्रमसः १०.४ र ११ ओभर बलिङ गरेका यी दुईले समग्रमा ६१ रन लिएर ९ विकेट लिए । अफगानिस्तानको लागि अर्को विकेट मिरवाइस असरफले लिएका थिए ।

पहिलो इनिङमा जवाफी रुपमा अफगानिस्तानले ३१२ रन बनायो । उसका लागि हसमतुल्लाह साहिदीले सर्बाधिक ८३ रन बनाउँदा रहमत शाह ५१ र नासिर जमलले ४३ रन बनाए । त्यस्तै मिरविस असरफले ४२ रन बनाए । नेदरल्याण्डका लागि बलिङतर्फ मिचेल रिप्पोनले ५ विकेट लिए ।

पहिलो इनिङमै १९५ रनले पछि परेको नेदरल्याण्ड्ले दोस्रो दिन १५९ रनमात्र बनाउन सकेपछि अफगानिस्तानले १ इनिङ र ३६ रनको शानदार जित हासिल गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि उत्ृकष्ट प्रदर्शन गरेका एकमात्र खेलाडी रिप्पोनले दोस्रो इनिङमा ८० रनको शानदार इनिङ खेलेपनि अन्यले उनलाई सघाउन सकेनन् । अफगानिस्तानका लागि द्वालात जर्दानले ३ र जाहीर खानले ४ विकेट लिए ।

जितसँगै अफगानिस्तान इन्टरकन्टिनेन्टल कपको शीर्ष स्थानमा छ । उसले ४ खेलमा ६१ अंक जोडेको छ । यता नेदरल्याण्ड्सले भने खाता खोल्न सकेको छैन ।

नेदरल्याण्ड्सले नेपालसँग घरेलु मैदानमा आगामी साउन २९ र ३१ गते विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतका खेलहरु खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment