२ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न खोज्दा अवरोध गर्नेलाई सर्वोच्च अदालतले कारबाही गर्न सक्ने एक अधिकारीले बताएका छन् ।
सर्वोच्चको टोली पुरानो बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेलीका लागि जाँदा सोमबार केही मानिसहरुले अवरोध गरेका थिए । जसमा कार्कीका कान्छा ज्वाइँ प्रवल थापा पनि थिए । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापा र एन्फाका पूर्वअध्यक्ष गणेश थापाका भान्जासमेत हुन् ।
सर्वोच्चले उनीहरुलाई सार्वजनिक अपराध र अदालतको मानहानीमा कारबाही गर्ने सम्भावना छ । स्रोतले अनलाइनखबरसँग भन्यो, म्याद तामेलीमा भएको अवरोधलाई सर्वोच्चले गम्भीर रुपमा लिएको छ, यसमा अदालत प्रशासनले कारबाही गर्न सक्छ ।’
कानूननतः अदालतको अवहेलनामा एक वर्षसम्म र सार्वजनिक अपराधमा दुई वर्षसम्म कैद सजायँ हुन सक्छ ।
यो पनि पढ्नुस्
अन्ततः तामेल भयो लोकमानको म्याद, मुद्दा पेशीमा चढ्ने बाटो खुल्यो
लोकमानको घरमा म्याद नटाँस्ने कर्मचारीलाई १५ दिन जेल र एक हजार रुपैयाँ जरिवानाको चेतावनी
लोकमानको मुद्दाः अब कसरी अघि बढ्छ ?
लोकमानले पदीय आचरण विपरित काम गरेको गगन थापा र यज्ञराज सुनुवारको आरोप
प्रतिक्रिया 4