२९ कात्तिक, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने महत्वाकांक्षी योजना अघि सारेपति कार्यन्वयन चुनौतिपूर्ण हुने देखिएको छ ।
प्राधिकरण स्रोतलाई उल्लेख गर्दै आगामी हिउँदभित्र भारतसँग प्राविधिक रुपमा प्रणाली सिंक्रोनाइज गर्न नसके योजना कार्यन्वयन गर्न नसकिने आजको कारोबार दैनिकले समाचार छापेको छ ।
प्राधिकरणले नेपालको प्रणाली र भारतको प्रणालीबीच सिंक्रोनाइज गर्न नसकेमा पुसदेखि लोडसेडिङ सुरु हुने बताइएको छ । प्राधिकरणले तिहारयता काठमाडौं उपत्यकामा लोडसेडिङ गरेको छैन ।
ढल्केवर सव स्टेसनको निर्माणमा भइरहेको ढिलाई र नेपालभारतबीच हुनुपर्ने प्रणाली सिंक्रोनाइजमा कठिनाई देखिएकाले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन कठिनाइ देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4