+
+
WC Series
चितवन राइनोज 2025
36/3 (8.1)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

जब अमेरिकामा ‘हाँसी देउ एक फेर’ जोडीको भेट भयो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते ११:०६

shweta-khadka-and-raj-ballab
नायिका स्वेता खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकामा आयोजना भएको एक अवार्ड समारोहमा भाग लिन उनीसँगै केहि नेपाली कलाकार अमेरिका पुगेका थिए ।

नायक भूवन केसी, शिव श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, स्वेता खड्का लगायतका कलाकार अमेरिका पुगेका हुन् । धेरै कलाकारलाई यसपटक पनि अमेरिकाले नपत्याउँदा उनीहरु अवार्डमा सहभागी हुन पाएनन् ।

नायिका स्वेता खड्काका लागि अमेरिका भ्रमण विशेष रह्यो । उनले अमेरिकामा नै रहेका नायक राजवल्लभ कोइरालालाई भेट गरिन् । नायक कोइराला र स्वेताले चलचित्र ‘हाँसी देउ एक फेर’मा एकसाथ काम गरेका थिए । यो चलचित्र बक्स अफिसमा त पूर्ण रुपमा असफल बन्यो । shweta-award
राजले स्वेतासँगको तस्बिर फेसबुकमा शेयर गर्दै ‘हाँसी देउ एक फेर’ लेखेका छन् । स्वेता चाडै नै चलचित्र निर्माण गर्दै यो क्षेत्रमा र्फकने तयारीमा छिन् । नायक कोइराला भने चलचित्र ‘हाइवे टू धम्पुस’मा काम गरेपछि अमेरिका हानिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?