+

लिभरपुल बराबरीमा रोकियो, तर शीर्ष स्थानमा कायमै

२०७३ मंसिर  ५ गते ६:०१ २०७३ मंसिर ५ गते ६:०१
लिभरपुल बराबरीमा रोकियो, तर शीर्ष स्थानमा कायमै

liverpool

५ मंसिर, काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा लिभपुरललाई साउथहृयाम्पटनले बराबरीमा रोकेको छ । तर, पनि शीर्ष स्थानमा कायमै छ ।

शनिबार राति भएको खेलमा लिभरपुल र साउथहृयाम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलले गोल गोल गर्न नसकेको यो सिजनमा मात्र तेस्रो खेल हो ।

उसका फवार्ड साडिओ माने दुई पटक गोलनजिक पुगेका थिए तर, साउथहृयाम्पटनका गोलरक्षकले रोके । ब्राजिलियन काउटिन्हो र रोबर्टो फिर्मिनोले पनि गोल गर्ने राम्रो मौका खेर फाले ।

उसो त घरेलु टोली साउथ हृयाम्पटनले पनि गोल गर्दै लिभरपुलमाथि जित हात पार्ने अबसर पाएको थियो । तर, सदुपयोग गर्न सकेन ।

बराबरीपछि लिभरपुल १२ खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ भने १४ अंक जोडेको साउथ हृयाम्पटन १० औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय