३० बैशाख, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा वेष्टब्रोमलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले दुई खेल अघि नै उपाधि पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमले पहिलो हाफमा गोल गर्न दिएन । दोस्रो हाफमा पनि गोल गर्ने चेल्सीको प्रयास असफल हुँदै गएपछि उपाधि सेलिब्रेसन केही पर धकेलिने आशंका गरिएको थियो ।
तर, ८२ औं मिनेटमा बाट्सुयीले गोल गरे । यो गोलसँगै चेल्सीले उपाधि पक्का गरेको छ ।
प्रतिक्रिया 4