मौसमी फलको सेवन बढी प्रभावकारी हुन्छ । अहिले आँपको मौसम छ । बजारमा आँप छ्यापछ्याप्ती छन् । यो स्वादिलो र स्वस्थ्यकर फल हो । यसमा भिटामिन ए, भिटामिन बि जस्ता केहि पोषक तत्व पाइन्छ, जसले हाम्रो शरीरलाई स्वस्थ्य राख्नका साथै रोगबाट बचाउँछ ।
आँप खानुपर्छ तर नियन्त्रित मात्रामा । मीठो भयो भन्दैमा अनियन्त्रित रुपमा आँप सेवन गर्दा त्यसले स्वास्थ्यमा असर गर्न सक्छ ।
१. आँपमा चिनीको मात्रा उच्च हुन्छ । धेरै आँप सेवन गर्दा ब्लडमा सुगर लेभल बढ्छ । यसले खासगरी मधुमेहका रोगीलाई नकारात्मक असर पर्छ ।
२. तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने धेरै आँप सेवन नगरेकै राम्रो । धेरै आँप सेवन गर्दा तौल बढ्छ । एक मध्यम आकारको आँपमा १ सय ३५ क्यालोरी पाइन्छ । यदि वर्कआउट अघि सन्तुलित मात्रामा आँप सेवन गर्नुभयो भने त्यसले फाइदा गर्छ ।
३. आँपको टुप्पोमा जुन तरल पदार्थ निस्कन्छ, त्यसलाई सफा नगरी सेवन गरियो भने गलामा समस्या हुन सक्छ । साथै यसले ओंठमा पनि समस्या ल्याउँछ ।
४. धेरै आँप सेवन गर्दा पाचन प्रक्रियामा पनि असर गर्छ । यसले पेट खराब हुन्छ ।
५. आँपले एलर्जी हुन सक्छ ।
६. धेरै आँप सेवन गर्दा शरीरको तापमान बढ्छ ।
कसरी सेवन गर्ने ?
अक्सर हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौ । तर, आँप पकाउनका लागि त्यसमा क्याल्सियम कार्बाइड मिलाइन्छ । यस केमिकलले स्वास्थ्यमा असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ । बजारबाट आँप खरिद गरेपछि त्यसको एकतिरको टुप्पोमा थोरै काटेर पानीमा डुबाउनु पर्छ ।
प्रतिक्रिया 4