+
+

स्थानीय चुनावका प्रचार सामग्री अझै हटाइएन

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ साउन २७ गते १३:२३

२७ साउन, दार्चुला । दोस्रो चरण अन्तर्गत असार १४ गते भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएको महिना दिन बितिसकेको छ तर दार्चुलामा विभिन्न राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाइएका छैनन् ।

मौन अवधि सुरु हुनुअघि नै निर्वाचनमा भाग लिने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका प्रचार प्रसार सामग्री हटाउनु पर्ने आचारसंहितामा उल्लेख गरिएको भए पनि दार्चुला जिल्ला सदरमुकाम खलंगा लगायत जिल्लाका विभिन्न सार्वजनिक स्थलहरुमा टाँसिएका उम्मेदवारका फोटो सहितका पर्चा पम्प्लेट हटाइएका छैनन् ।

जिल्लाका कतिपय मतदान केन्द्रका ३ सय मिटर नजिक टाँसिएका प्रचार सामग्रीहरु समेत हटाइएका छैनन् । निर्वाचनमा भाग लिने उम्मेदवारहरुको प्रचार सामग्री मौन अवधि सुरु हुनुपूर्व हटाउनु पर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी आनसिँह डागाँले बताए ।

त्यतिमात्र नभई निर्वाचनमा भाग लिएका धेरैजसो राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवारले निर्वाचन खर्च विबरण बुझाएका छैनन् ।

निर्वाचनमा भाग लिएका १ हजार १४ उम्मेदवारमध्ये हालसम्म जिल्ला निर्वाचन कार्यालयमा ३ सय ९६ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएको सुचना अधिकारी डागाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?