+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दशैंमा ५५ हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा उपत्यका भित्रिने

खाद्य संस्थानले २५ सय ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ११ गते १०:४२


११ भदौ, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा झण्डै ५५ हजारभन्दा बढी खसीबोका र च्यांग्रा भित्रिँदैछ । दशैंलाई लक्षित गरेर काठमाडौंमा खसी बोका भित्र्याउन तयारी भइरहेको छ ।

दशैंका लागि सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान र निजी क्षेत्रको चौपाया खरिदबिक्री संघले मात्रै झण्डै ५० हजार खसीबोका भित्र्याएर बेच्ने बताएका छन् । दशैंमा काठमाडौंमा झण्डै ५ हजार हजार च्यांग्र्रा बेचिनेछ ।

खाद्य संस्थानले पनि ल्याउँदै

खाद्य संस्थानले विभिन्न जिल्लाबाट काठमाडौंमा ल्याएर १५ सय खसीबोका र १ हजार च्यांग्रा बिक्री गर्ने तयारी गरेको छ । माछामासु ब्यासायी संघले दशैंका लागि ४५ हजार खसीबोका र १५ सय च्यांग्र्रा ल्याउने योजनाअनुसार काम भइरहेको बताएको छ ।

छिटपुट रुपमा नजिकका जिल्लाहरुबाट स्वतःस्फुर्त रुपमा पनि काठमाडौंमा हजारौं खसीबोका भित्रिने गरेका छन् ।

खाद्य संस्थानले हेटौंडा र तुल्सीपुर लगायतका क्षेत्रमा स्थानीय जातका १५ सय खसीबोका खरिद गर्दैछ । खाद्य संस्थानले घटस्थापनादेखि खसीबोका र च्यांग्र्रा बेच्न सुरु गर्छ । दशैंका लागि आउने च्यांग्र्रा मुस्ताङका हुनेछन् ।

बजारमा कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य बढाउन सक्रियहरुलाई निरुत्साहित गर्न दसैंमा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गरिएको संस्थानका प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई बताए ।

गतवर्ष संस्थानले २७ सय खसीबोका र च्यांग्रा बेचेको थियो । संस्थानले बजार मूल्यभन्दा केही सस्तो मूल्य कायम गरेर सर्वसाधारणलाई बिक्री गर्ने गरेको छ । यसैले बजारको भाऊ निर्धारण हुने भएकाले संस्थान मूल्य घटाएर बिक्री गर्ने योजनामा रहेको सापकोटाले बताए ।

९० प्रतिशत भारतीय खसी

दशैंका लागि विशेष गरी भारतका विभिन्न भूभागबाट खसीबोका ल्याइन्छ । उपत्यकामा दशैंमा मात्रै झण्डै ११ देखि १२ लाख किलो खसीबोकाको मासु खपत हुने तथ्यांक छ ।

नेपाल माछामासु व्यवसायी संघकाअनुसार देशभर खपत हुने खसीबोकाको ठूलो हिस्सा काठमाडौं उपत्यकामै हुन्छ ।
काठमाडौंमा समान्यतयाः दैनिक १ हजार २ सयसम्म खोसीबोकाको मासु बिक्री हुन्छ । तर, दशैंको समयमा समान्य अवस्थाको भन्दा झण्डै ४ गुणा बढी मासु खपत हुने गरेको संघका अध्यक्ष रमेश खड्गीले बताए ।

दशैंमा खपत हुनेमध्ये झण्डै ९० प्रतिशत खसीबोका भारतबाटै आयात हुने गरेको उनले बताए । वर्षमा झण्डै १२ अर्बको खसीबोका खपत हुँदा १० अर्ब रुपैयाँ भारतीय बजारमा नै पुग्छ ।

‘यो वर्षमात्रै होइन, सँधै मुख्य रुपमा काठमाडौंमा भारतीय खसीबोका ल्याएर नै दशैं मनाइन्छ’ शाहीले भने,’पसलहरुले खपत गर्ने मासुको अधिकांश हिस्सा भारतीय बजारबाट आएका खसी नै हुन् ।’

जीउँदो खसीबोकाको खपतबारे एकीन तथ्यांक पाउन गाह्रो छ । तर, यो समयमा अन्य समयमा भन्दा तेब्बरसम्म मासु बिक्री हुन्छ ।

दशैंमा कुखुरा, हाँस, राँगा, बुंगुरलगायतको मासु पनि बिक्री हुन्छ । तर, मुख्य रुपमा दशैंको मासुमा खसीबोकालाई नै प्राथमिकता दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?