+
+

काठमाडौंको मच्छिन्द्रबहालमा सुरक्षागार्डको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ९:५३

१५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर २५ मच्छिन्द्रबहालमा एक सुरक्षागार्डको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको गएराति हत्या भएको हो ।

तामाङ इस्टवेस्ट सेक्युरिटिजमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनी ड्युटीमै रहेका बेला हत्या भएको प्रहरीले जनाएको छ ।

गएराति १ बजेतिर असन र इन्द्रचोक बीचमा पर्ने मच्छिन्द्रबहालमा अचेत अवस्थामा तामाङलार्इ फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । तर अस्पतालमा पौने २ बजेतिर तामाङको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए ।

तामाङको टाउको र हिपमा गहिरो चोट छ । अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ ।

प्रहरी कन्ट्रोल रुमका एक अधिकारीका अनुसार हत्यामा संलग्नको खोजी भइरहेको छ । सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । तर, सोमबार बिहानसम्म प्रहरीले कसैलाई पनि पक्रन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?