+
+

भारतले पहिलोपटक नेपाललाई सुपुर्दगी गर्‍यो अपराधी

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते १७:५९

२६ माघ, काठमाडौं । करिब १६ वर्षअघि भएको एक हत्याकाण्डमा संलग्न आतिनी भन्ने मुखिया गुरुङलाई भारतले पक्राउ गरेर नेपाललाई बुझाएको छ ।

उनी २०१७ डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा पक्राउ परेका थिए । दिल्लीको पटियामा कोर्टको आदेशअनुसार भारतको विदेश मन्त्रालयले नेपाल प्रहरीलाई बुझाएको हो ।

उनलाई शुक्रबार नेपाल ल्याइएको छ । यो दुई देशबीच पहिलोपटक भएको वैध सुपुर्दगी हो । यसअघि दुई देशका प्रहरीले पक्राउ गरेका अपराधीहरुलाई गोप्य रुपमा बुझाउदै आएको थियो ।

गुरुङलाई १८ कात्तिक २०५८ मा ठमेलको डिस्कोमा १९ वर्षीय सुवर्ण गुरुङको हत्या गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले २०६४ पुस १ गते जन्मकैदको सजाय सुनाएको थियो । उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?