
३ फागुन, जनकपुरधाम । प्रदेशसभा २ को विपक्षी दलको नेतामा एमालेका सत्यनारायण मण्डल निर्वाचित भएकाा छन् ।
बिहीबार जनकपुरधाममा पार्टी कार्यालयमा नेता चयनका लागि भएको निर्वाचनमा सत्रुघन महतोलाई पराजित गर्दै मण्डल निर्वाचित भएका हुन् ।
प्रदेश २ मा एमालेका २१ सांसदमध्ये मण्डलको पक्षमा १२ मत परेको थियो भने महतोको पक्षमा ८ मतमात्रै परेको थियो । १ मत भने बदर भएको थियो ।
मण्डल प्रदेशसभा निर्वाचनमा सप्तरी १ को कबाट निर्वाचित भएका थिए ।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले बहुमत जुटाएर सरकार निर्माण गरेपछि त्यसपछिको ठूलो दल एमाले प्रमुख विपक्षी दल बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4