+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

वीरगञ्जको आन्दोलन टुंगो लगाउन प्रदेश सरकारले बोलायो वार्ता

सुरेश बिडारी सुरेश बिडारी
२०७४ फागुन ७ गते १४:०२

७ फागुन, वीरगञ्ज । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलन गरिरहेको संघर्ष समितिलाई वार्तामा आउन आव्हान गरिएको छ ।

प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघर्ष समितिलाई वार्तामा आउन भनेको हो । कार्यालयका सचिव हरिप्रसाद फुयाँलले पत्राचार गरी वार्तामा आउन भनेका छन् ।

पत्रमा प्रदेश नं २ को राजधानी वीरगञ्ज हुनुपर्दछ भन्दै वीरगञ्ज राजधानी संघर्ष समितिले गर्दै आएको आन्दोलनलाई वार्ताको माध्यमले समाधान गर्नु उपयुक्त रहेकोले वार्तामा आउन भनिएको छ ।

वार्ताको जिम्मेवारी भने भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पाएका छन् । मुख्यमन्त्री लालबाबु राउतले वार्ता मार्फत समस्या समाधान गर्ने जिम्मा सोनललाई दिएका हुन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीले जारी गरेको पत्रमा प्रदेश राजधानीको माग गर्दै वीरगञ्जमा जारी आन्दालनलाई वार्ताकै माध्यमबाट समाधान गर्नुपर्ने भएकोले प्रदेश सरकारको तर्फबाट वार्ता गरी समस्या समाधान गर्ने जिम्मेवारी सोनललाई दिएको उल्लेख छ ।

जनकपुर प्रदेश न २ को अस्थायी राजधानी तोकिने संकेत पाएदेखि नै वीरगञ्जमा प्रादेशिक राजधानीका लागि आन्दोलन चलिरहेको छ ।

संघर्ष समितिकै आव्हानमा ४८ दिनदेखि रिले अनशन पनि चलिरहेको छ । महमुद अन्सारीको नेतृत्वमा सोमबार तेज प्रकाश निषाध, इब्रान हुसैन, सागिर अहमद, चन्देश्वर तिवारी, मिगेन्द्रकुमार साह, कृष्ण दास लगायत रिले अनशनमा बसेका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?