+
+

एमालेलाई फोरमको प्रस्ताव : संविधान संशोधनका लागि कार्यदल बनाऊँ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ९ गते १७:४८

९ फागुन, काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ ।

एमालेले केन्द्र सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ ।

दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा पनि फोरम नेताहरुले संविधान संशोधनमा जोड दिएका छन् । ‘एमालेले ‘आवश्यकता र औचित्यता’का आधारमा संशोधन गर्न सकिने बताउँदै आएको थियो’ नेता रामसहाय यादवले भने, ‘अहिले अभ्यासका क्रममा हामी भने जस्तै संविधान त्रुटीपूर्ण पुष्टि भएको पुष्टि भएको छ ।’

फोरमले संविधान संशोधनको विकल्प नभएको भन्दै कार्यदल बनाएर गृहकार्य गर्ने प्रस्ताव एमालेसामू राखेको छ ।

फोरमले संविधान संशोधनको विकल्प नभएको भन्दै कार्यदल बनाएर गृहकार्य गर्ने प्रस्ताव एमालेसामू राखेको छ । दुई दलका शीर्ष नेताहरुबीच छलफल भएपछि कार्यदल बनाउन एमाले सकारात्मक देखिएको छ ।

नेता यादवका अनुसार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएपछि कार्यदल बनाउन एमाले सकारात्मक देखिएको छ ।

एमाले नेता सुवास नेम्वाङले पनि सकारात्मक कुराकानी भएको बताए । ‘उहाँहरुले संविधान संशोधनको कुरा गर्नु भएको छ’ उनले भने, ‘हामीले पनि भन्यौं कि संशोधनबारे छलफल गर्दै सकारात्मक ढंगले अघि बढ्न सकिन्छ ।’

स्रोतका अनुसार फोरमले प्रदेश संरचना हेरफेर गर्दै १० प्रदेशमा जानु पर्ने माग गरेको छ । तर, एमाले यसमा सहमत छैन ।

त्यसको संकेत गर्दै एमाले नेता नेम्वाङले अनलाइनखबरसँग भने, ‘प्रदेश त सात वटा बनिसक्यो, यसलाई त केही गर्न सकिँदैन । त, कतिपय कुराहरु गर्न सकिनेछन् । केति गर्न सकिन्छ, छलफल गर्दै अघि बढौं भनेका छौं ।’

फोरम नेताहरुले भने संविधान संशोधनको सुनिश्चिता नभएसम्म सरकारमा सहभागी हुन नसक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?