+

रियल मड्रिडले पायो युभेन्टस प्रतिद्वन्द्वी

२०७४ चैत  २ गते १७:२२ २०७४ चैत २ गते १७:२२
रियल मड्रिडले पायो युभेन्टस प्रतिद्वन्द्वी


२ चैत, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा रियल मड्रिडले युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार भएको ड्रअनुसार साविकको विजेता रियलले इटालियन च्याम्पियनसँग खेल्नेछ । गत सिजनको फाइनलमा पनि दुई टिम नै भिडेका थिए ।

इंग्लिस क्लब लिभरपुलले म्यानचेष्टर सिटी प्रतिद्वन्द्वी पाएको छ । सिटी प्रिमियर लिगको लिडर हो भने लिभरपुल शीर्ष चारमा स्थान बनाउने दाउमा छ ।

बार्सिलोनाले रोमासँग खेल्दा बार्यन म्युनिखले स्पेनिस क्लब सेभियालाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय