+
+

दिल्लीबाट चिठ्ठा पर्‍यो भन्दै नेपालमा ठगी, तीन जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १५ गते १६:०४

१५ चैत, काठमाडौं । भारतको दिल्लीबाट नेपालीलाई भाइबर तथा म्यासेन्जरमा फोन र म्यासेज गरेर चिठ्ठा पर्‍यो भन्दै ठगी गरेको अारोपमा तीन जना काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै आएका २९ वर्षीय रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक छन् ।

उनीहरुले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन विमा र धरौटी रकम तिर्नु पर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए ।

त्यसरी पीडितले पठाएको रकम उनीहरुले आईएमइमार्फत बुझ्ने गरेको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले बताएको छ ।

उनीहरुले नेपालबाट रकम सङ्कलन गरेर भारतमा रहेका मुख्य एजेन्टलाई पठाउने गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?