२१ चैत, काठमाडौं । ठगीको मुद्दामा पक्राउ परेर सांसदको रोहबरमा छुटेकी एकजना अभियुक्त वेपत्ता भएकी छन् ।
माओवादी सांसद हितबहादुर तामाङले ठगी मुद्दामा पक्राउ परेका मेनका पण्डितलाई आफ्नो रोहबरमा छुटाएका थिए । ४५ दिनको बच्चा रहेको भनेपछि प्रहरीले बुधबार विहान ७ बजे हाजिर गराउने शर्तमा मेनकालाई छाडेका थिए ।
तर, अहिलेसम्म मेनका आएकी छैनन् भने सांसद तामाङले पनि कुनै खबर गरेका छैनन् । दुबैको फोन अफ छ ।
नुवाकोटकी मेनाका ठगीको अभियोगमा पक्राउ परेका थिइन् । मेनका र सञ्जय पौडेलले गोलढुंगा ४ मा ३२ आना जग्गाका लागि कीर्तिपुर ९ की अम्बिका रानासँग ५५ लाख लिएका थिए । तर, जग्गा उनीहरुको नभएको र आफू ठगिएको थाहा पाएपछि रानाले महानगरीय प्रहरी परिसर,काठमाडाैंमा उजुरी दिएकी थिइन् ।
मेनका र सञ्जय मंगलबार साँझ पक्राउ परेका थिए । तर, सांसद तामाङले ४५ दिनको बच्चा रहेको भन्दै विहान उपस्थित गराउने गरी मेनकालाई छुटाएका थिए ।
प्रतिक्रिया 4