+
+

गौशाला गोलीकाण्डः अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

हतियार गणेश लामाकै भएको प्रहरीको निष्कर्ष

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत २३ गते ११:३८

२३ चैत, काठमाडौं । गुन्डा नाइके गणेश लामाको हातहतियार तथा खरखजना सम्बन्धी मुद्दाको अनुसन्धान पूरा गरेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

यसअघि गत ३० फागुनमा गौशालास्थित होटल पशुपति भिजन अगाडि गोली चलेको थियो । त्यसलगत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले ७.२२ एमएमको पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित लामालाई पक्राउ गरेको थियो ।

घटनास्थलबाट बरामद भएको पेस्तोल लामाकै भएको निष्कर्षसहित काठमाडौं प्रहरी परिसरले रायसहितको अनुसन्धान प्रतिवेदन वकिल कार्यालयमा बुझाएको हो । यद्यपि, लामाले भने हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

परिसरका मुद्दाका शाखाका प्रमुख एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले प्रतिवेदन बुझाइएको पुष्टि गरे । लामालाई पक्राउ गर्ने प्रहरी अधिकारी र प्रत्यक्षदर्शीको बयान र प्रहरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टसहित प्रतिवेदन बुझाएको प्रहरीको भनाइ छ ।

प्रयोगशालाको रिपोर्टले गौशालामा गोली चलेको पेस्तोल र उनको साथबाट बरामद भएको पेस्तोल एउटै भएको देखाएका थियो ।

यो पनि पढ्नुस्

गौशालामा गोली चल्यो, गुण्डा नाइके गणेश लामा पक्राउ

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?