+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

‘हिमालय रोडिज’को सेकेन्ड सिजन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते १३:४७


१८ वटा श्रृङ्खला प्रशारण गर्ने योजनाका साथ गतबर्षको सफल टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को दोश्रो श्रृङ्खला सुरु हुने भएको छ ।

काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा यो शोका निर्देशक अमन प्रताप अधिकारीले यसपटक अझै भिन्न तरिकाले शो हुने बताएका छन् ।

‘वाइल्ड वाइल्ड वेष्ट’को थिममा यसपटक ‘रोडिस’ प्रशारण हुनेछ । जसमा गतबर्षकै निर्णायकहरु दिया मास्के, आशिष राना ‘लाहुरे’ र रेमनदास श्रेष्ठ निर्णायकको रुपमा रहनेछन् ।

कार्यक्रममा बोल्दै निर्णायकहरुले रोडिस शैली अनुसार नै भाषा प्रयोग हुने गरेको बताए । देशका विभिन्न स्थानमा अडिसन गरिनेछ । ५ एपिसोड अडिसन प्रशारण हुनेछ भने १३ एपिसोड जर्नी राउन्ड चल्नेछ ।

१८ बर्ष भन्दा माथिको उमेरका सबैले यो शोका लागि अडिसन दिन सक्नेछन् । हिमालय टेलिभिजनमा यो शो विश्वकप फुटबल पश्चात प्रशारण हुनेछ । विजेताले नगद २० लाख पुरस्कार समेत पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?