+
+

जानकी मन्दिरमा मोदीलाई ओलीको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते ११:२२

२८ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।

मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदीले त्यहाँ पूजा गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर-अयोध्या सीधा बस सेवाको शुभारम्भ गर्नेछन् । त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरले अभिनन्दन गर्ने कार्यक्रम छ ।

जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

यो पनि पढ्नुस् 

प्रधानमन्त्री ओलीलाई मोदीको सम्बोधनः मेरे भाइसाब

मोदीद्वारा जानकी मन्दिरमा पूजा–अर्चना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?