२७ जेठ, काठमाडौं । चिहानमा गाडिएको मान्छेको शवलाई उत्खनन् गरेर खप्पर किनबेच हुने गरेको खुलेको छ ।
काठमाडौं प्रहरी परिसरले मानव खप्परको विक्री गर्न लाग्दा दुई जनालाई पक्राउ गरेसँगै यसको किनबेच हुने गरेको खुलेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरको नेतृत्वमा खटिएको टोलीले बौद्धबाट मान्छेको खपटासहित निमा तामाङ र छिरिङ तामाङलाई पक्राउ गरेको छ ।
परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले सुन्दरीजलको चिहानबाट खनेर खपटा ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
स्रोतका अनुसार त्यस खपटालाई धार्मिक कार्यमा प्रयोग गर्नका लागि भन्दै ७ लाख रुपैयाँमा विक्री गर्न लागिएको थियो । थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4