+
+

विश्वकपमा बाजी राख्ने ७ जना पक्राउ, धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १९:२३

२४ असार, पोखरा । रसियामा जारी विश्वकप फुटवलमा सट्टेबाजी खेलाएको आरोपमा ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा टक्सार घर भई पोखरा वडा नम्बर १७ बस्ने २१ वर्षका अनिश गुरुङ, पोखरा ४ रामकृष्ण टोलका २७ वर्षका समन्त बज्रचार्य, पोखरा १२ लालीगुराँस टोलका ४७ वषिर्का निरञ्जन गुरुङ, पोखरा २ मिरुवाका २१ वर्षका सुमनविक्रम राणा, पोखरा १६ का २३ वर्षका अविनाश गुरुङ, म्याग्दीघर भई पोखरा १५ बस्ने २१ वर्षका तेजेन्द्र तुलाचन र पोखरा १७ छोरेपाटनका सन्देश गुरुङ रहेका छन् ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओमबहादुर रानाका अनुसार उनीहरु धरौटीमा रिहा भएका छन् । पहुँचको आधारमा प्रशासनले छोडेको आरोप लागे पनि कास्की प्रहरीले थोरै रकम भएकाले धरौटीमा रिहा गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?