+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंका गल्ली–गल्लीमा प्रहरीको साइकल गस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ११ गते १०:२९


११ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको गल्लीगल्लीमा दैनिक साइकल गस्ती थालेको छ ।

काठमाडौं प्रहरी परिसरको जुनियर प्रहरी अधिकृतको नेतृत्वको १६ जनाको टोलीले दैनिक गस्ती शुरु गरेको हो ।

महानगरीय प्रहरी कार्यालयले काठमाडौं प्रहरी परिसरका लागि १६ वटा साइकल उपलब्ध गराएपछि हरेक दिन बिहान ९ः३० बजेदेखि ११ बजेसम्म र दिउँसो २ः३० देखि ६ बजेसम्म गस्ती गर्ने भएको हो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले साइकलबाट सहरको हरेक कुनाकाप्चा र गल्लीमा पुग्न सकिने भएकाले साइकल गस्ती सुरु गरिएको बताए ।

‘हरेक चोक चोकमा पुग्ने गरी गस्ती टोली तयार पारिएको हो’, पोखरेलले अनलाइनखबरसँग भने, ‘गस्तीको यो टोली हातहतियारसहित फ्लोरिसिङ ज्याकेट लगाएर हिँडेको हुन्छ ।’

‘विभिन्न गल्लीगल्ली छिरेर त्यहाँ गुण्डागर्दीमा संलग्न व्यक्तिमाथि निगरानी, त्यहाँ भएका झैंझगडा लगायतमा निगरानी गरेर आवश्यक परे पक्राउ समेत गरी स्थानीय प्रहरी वृत्त वा प्रभागलाई बुझाउ गरेको छ’, उनले भने, ‘३ साउनदेखि सुरु भएको यो अभियानको क्रममा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।’

गस्ती टोलीले ट्राफिक जाम हटाउनेदेखि मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँड्ने व्यक्तिलाई नियन्त्रणमा लिनेसम्मको काम गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?