+
+

निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १६:३५

७ भदौ, काठमाडौं । गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् ।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिअार्इजी) र अान्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् ।

बैठकले कञ्चनपुरकाे प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत परिर्वतन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

बिहीबारै मात्रै अान्दाेलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

हेर्नुस् गृहले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुस्

निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या

निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त

निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?