+

तेह्रौं साग सर्न सक्ने राखेप सदस्य सचिवको बिष्टको संकेत

२०७५ भदौ  २० गते १४:२० २०७५ भदौ २० गते १४:२०
तेह्रौं साग सर्न सक्ने राखेप सदस्य सचिवको बिष्टको संकेत

२० भदौ, सन्देश श्रेष्ठ । राष्ट्रिय खेलकुद परिषदका (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) सर्न सक्ने संकेत गरेका छन् ।

खेलकुद पत्रकार मञ्च कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा आगामी फागुन अन्तिम सातादेखि सुरु हुने भनिएको साग गेम वजेट अभावका कारण सर्नसक्ने बताएका हुन् ।

सम्भव भएसम्म साग गेम समयमै गर्ने पक्षमा आफूहरु रहेको बताउँदै उनले भने,’हामी सकेसम्म साग गेम समयमै गर्ने पक्षमा छौं, तर वजेट अभाव छ, सरकारले वजेट दियो भने समयमै हुन्छ, नत्र सर्नसक्छ ।’ उनले साग गेम सरेपनि बैशाखसम्म मात्र सार्नुपर्ने धारणा व्यक्त गरे । त्यसपछि वर्षातको समय सुरु हुने भएकाले प्रतियोगिता आयोजना गर्न गाह्रो हुने उल्लेख गरे ।

सदस्य सचिव विष्टले पोखरामा प्याराग्लाईडिङसहित ७ खेल हुने बताए । यसअघि ६ खेल भनेपनि प्याराग्लाइडिङ थपिएपछि ७ खेल हुने उनको भनाइ छ । साग गेमलाई मध्यनजर गर्दै अबको ६/७ महिनामा पोखरा रंगशाला बनिसक्ने उनले दाबी गरे । पोखरा रंगशाला निर्माणका लागि २ वटा कम्पनीले चासो देखाएको भन्दै ती मध्ये कुनै एउटालाई निर्माणको जिम्मा दिने तयारी गरिएको उनले बताए ।

सदस्य सचिव विष्टले पोखरा, इटहरी र दाङलाई स्पोर्टस् सिटी बनाइने बताए । स्पोर्ट्स सिटीको अध्ययन सकिसकेको बताउँदै उनले भने, ‘मन्त्रालयले अध्ययन गरेर पोखरा, इटहरी र दाङलाई स्पोर्टस् सिटी बनाउने तयारी गरेको छ, अब केही दिनमै घोषणा हुन्छ ।’ उनले सम्बन्धित महानगर र उपमहानगरपालिकासँग समन्वय गरेर यी तीन सहरलाई स्पोर्टस् सिटी घोषणा गरिने बताए ।

विष्टले एसियाडमा पदक जितेको प्याराग्लाईडिङलाई सरकारले ब्यबस्थित गर्ने बताए । कम लगानीमा पनि प्याराग्लाइडिङले पदक दिलाएको भन्दै उनले भने,’कम लगानी भएको प्याराग्लाईडिङले पदक दिलायो, अब यसबाट थप उपलब्धी हासिल गर्न यसलाई ब्यबस्थित गर्न जरुरी छ, यसको ब्यबस्थापन सरकारले गर्छ ।’ उनले पोखरामा नोभेम्वर पहिलो साता प्याराग्लाईडिङको वल्र्डकप हुने र त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

राखेप साग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय