+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १७ गते ९:५४

१७ असोज, काठमाडौं । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ  पक्राउ परेका हुन् ।

उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।

सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?