Comments Add Comment

प्रिमियर लिगको तालिकाले इंग्ल्याण्ड प्रशिक्षक बेखुसी

२९ असोज, काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपलगत्तै प्रिमियर लिग सुरु भएकाले खेलाडीहरुले आरामको समय नपाएर अहिलेसम्म समस्यामा रहेको बताएका छन् ।

विश्वकप फाइनल सकिएको २६ दिनपछि प्रिमियर लिग सुरु भएको थियो ।

‘शारीरिक आरामको कुरा मात्रै होइन । मनोवैज्ञानिक रुपमा पनि आरामको भूमिका रहन्छ । विश्वकप खेल्ने खेलाडीहरु मनोवैज्ञानिक रुपमा तयार भइसकेका थिए जस्तो लाग्दैन’ नेसन्स लिगमा स्पेनसँग खेल्न तयार इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले भने ।

नेशन्स लिगमा नेपाली समय अनुसार सोमबार राति साढे १२ बजे इंग्ल्याण्ड र स्पेनबीच खेल हुँदै छ ।

प्रिमियर लिगको व्यवस्थापनले नसोची गरेको निर्णयले खेलाडीलाई असर गरेको साउथगेटको भनाइ छ । फिफा र युइएफएको अन्य खेल तालिकाले पनि खेलाडीले फुर्सदको समय नै नपाएको उनले बताए ।

‘मैले बुझेकै छैन, हाम्रो लिग किन त्यति छिटै सुरु भएको हो । त्यसले गर्दा क्बललाई पनि धेरै गाह्रो भएको छ’ उनले भने, ‘उदाहरणका लागि टोटनहृयामलाई हेर्नुस्, विश्वकप सेमिफाइनलमा खेलेका धेरै खेलाडी प्रिमियर लिगमा खेलिहाल्न सजिलो थिएन । प्रशिक्षकलाई पनि निकै कठिन भएको होला ।’

स्पेनको ला लिगा र इटालीको सिरी ए इंग्लिस प्रिमियर लिगभन्दा एक हप्ता ढिला गरी सुरु भएको थियो । यस्तै जर्मन बुण्डेस लिगा १४ दिन ढिला सुरु भएको थियो ।

साउथगेटले रमाइलो पारामा अगाडि थपे, ‘प्रिमियर लिग चलाउनेहरुले विश्वकपमा इंग्ल्याण्ड त्यति टाढा सेमिफाइनलसम्म पुग्ला भनेर सोचेकै थिएनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment