काठमाडौं । यूइएएफएले रसियन क्लब रुबिन कजानमाथि दुई वर्षे प्रतिबन्ध लागेको छ । अब उसले छनोट भएपनि दुई सिजन च्याम्पियन्स लिग र युरोपा लिग खेल्न पाउने छैन ।
फाइनान्सियल फेयर प्ले नियम उल्लंघनको आरोपमा यूईएफएले यो कदम चालेको हो ।
रसियन प्रिमियर लिगमा १० खेल खेल्दा रुबिन कजान १७ अंकसहिथ पाँचौं स्थानमा छ । ६० वर्षअघि स्थापना भएको क्लब २००३ मा पहिलो डिभिजनमा उक्लिएको थियो र २००८ र २००९ मा रसियन पि्रमियर लिग जित्यो ।