+
+
Shares

बाँदर धपाउन बन्दुक पड्काउँदा मान्छेलार्इ लाग्यो, एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ४ गते ८:४३

४ कात्तिक, हुम्ला । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सुरेन्द्र कार्की छन् ।

सोही ठाउँका ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली गोठालो गएका सुरेन्द्रलार्इ लागेको थियो । घटनामा उनी गम्भीर घाइते भएका थिए ।

तत्काल उनलार्इ उपचारका लागि स्वास्थ्य चौकी, रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?