Comments Add Comment

कार्यबाहक जिम्मेवारी नदिई मलेसिया उडे कर्माछिरिङ

१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा एसियन फुटबल फेडेरेशन (एएफसी) को कंग्रेसमा सहभागी हुन मलेसिया प्रस्थान गरे । तर, उनले कार्यबाहक अध्यक्षको जिम्मेवारी नदिएको पाइएको छ ।

एसियन फुटबल फेडेरेशन (एएफसी) कंग्रेसको लागि नेपालको प्रतिनिधित्व गर्दै अध्यक्ष कर्माछिरिङ शेर्पासहित ५ सदस्यीय टोली मलेसियामा छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ, प्रवक्ता किरण राई र एक्स को-मेम्बर पूर्णमान चित्रकार एन्फाको प्रतिनिधित्व गर्दै गएका हुन् भने एएफसीको पर्यवेक्षकको रुपमा लिग कमिटी संयोजक विज्ञानराज शर्मा र अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार नविन पाण्डे गएका छन् ।

यसअघिको वैदेशिक भ्रमण तथा कार्यक्रममा जादा अध्यक्ष कर्माछिरिङले कार्यबाहक अध्यक्षको जिम्मेवारी ४ जना उपाध्यक्षमध्ये एकलाई जिम्मेवारी दिएर जाने गरेका थिए । त्यही अनुसार एन्फाको कार्यबाहक अध्यक्षमा उपाध्यक्ष कृष्णबहादुर थापा, पंकज नेम्वाङ, उपेन्द्रमान सिंह र वीरबहादुर खड्काले जिम्मेवारी पाइसकेका छन् । तर यो पटक भने अध्यक्ष कर्माछिरिङले कुनै उपाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी नदिई मलेसिया प्रस्थान गरेका हुन् ।

उपाध्यक्ष वीरबहादुर खड्काले भने, ‘पालोअनुसार पंकज नेम्बाङको हो तर, उहाँ झापा जानु भएकाले कार्यबाहक कसैलाई नदिई अध्यक्षज्यू जानुभएको हो । यसले असर पार्दैन ।’

एन्फाका महासचिव इन्द्रमान तुलाधरले १ तारिख नै स्वदेश फर्किने हँुदा कार्यबाहकको जिम्मेवारी नदिएको बताए । उनले भने, ‘२ दिनमै फर्किने हुँदा यसले प्रभाव पार्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment