१३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलार्इ सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो ।
काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर राखेर लाँदै गर्दा डलर फेला परेको थियो ।
थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4