+

टि–ट्वान्टी महिला विश्वकपः पाकिस्तानद्वारा आयरल्यान्ड पराजित

२०७५ कात्तिक  २८ गते ८:०३ २०७५ कात्तिक २८ गते ८:०३
टि–ट्वान्टी महिला विश्वकपः पाकिस्तानद्वारा आयरल्यान्ड पराजित

२८ कात्तिक, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई ३८ रनले पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डलाई पराजित गर्दै विश्वकपमा पहिलो जित समेत निकालेको हो । १ सय ४० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको आयारल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि आईसोबेल जोयसले ३० र क्लेयर सिलिङटनले २७ रनको योगदान दिए पनि आफुनो टिमलाई जित दिलाउन भने सकिनन् । बलिङतर्फ पाकिस्तानकी साना मिर, ऐमान अन्वेर, नश्रा सन्धु र आलिया रियाजले समान २–२ विकेट लिए ।

यसअघि प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । पातिस्तानका लागि कप्तान जाभिरिया खानले अविजित ७४ रन बनाए । त्यस्तै, आयसा जफरले २१ रनको योगदान दिएकी थिइन् ।

जितसँगै पाकिस्तानले ३ खेलबाट दुई अंक बनाएको छ । यसअघि पाकिस्तानले दुई खेल गुमाएको थियो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय