+

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

२०७५ मंसिर  ३ गते ७:५५ २०७५ मंसिर ३ गते ७:५५
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

३ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज हुने पहिलो खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजीमा हुनेछन् ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो दुई बजेर ३० मिनेटमा सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा नै थ्रीस्टारसँग २–१ गोल अन्तरले पराजित भएको फ्रेन्ड्स एपीएफ क्लबसँग भने अंक खोस्ने लक्ष्यमा रहेको छ । यता, एपीएफ भने फ्रेन्ड्सलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा छ ।

त्यस्तै, आजै हुने अर्को खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेलमैदानमा २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय