६ मंसिर, काठमाडौं । इलेक्ट्रोनिक्स उपकरण निर्माता कम्पनी सिजीले सञ्चालन गरेकाे दशैं तथा तिहार लक्षित योजना शुक्रबारबाट सकिने भएकाे छ ।
कम्पनीले दशैं तिहारलाई लक्षित गरी विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना ल्याएको थियो ।
कम्पनीले देशभर लागु गरेको उक्त योजनामा उपभोक्ताको उल्लेख्य सहभागिता भएको दाबी गरेको छ ।
यस अवधिमा योजना भन्दापनि धेरै माथिका सिजीका घरायसी सामग्रीहरु बिक्री भएको कम्पनीका सेल्स हेड विष्णु ज्ञवालीले जानकारी दिए ।
दशैं तिहार आयोजना शुक्रबारबाट औपचारिकरुपमा सकिने कम्पनीले जानकारी दिएको छ ।