+

वेष्ट इन्डिजविरुद्ध बंगलादेशको मध्यम स्कोर, मोमिन्युलको शतक

२०७५ मंसिर  ६ गते १८:४८ २०७५ मंसिर ६ गते १८:४८
वेष्ट इन्डिजविरुद्ध बंगलादेशको मध्यम स्कोर, मोमिन्युलको शतक

६ मंसिर, काठमाडौं । वेष्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले मध्यम स्कोर बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगालदेशले पहिलो दिनको समाप्तिमा ८ विकेटको क्षतिमा ३१५ रन बनाएको छ । बंगालदेशका लागि मोमिन्युल हकले शतकीय रन बनाए । उनले १६७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १२० रन बनाएका थिए ।

त्यस्तै, बंगलादेशका लागि इम्रुल कायसले ४४, कप्तान शकिब अल हसनले ३४ र तैजुल इस्लामले अविजित ३२ रन बनाए ।

यता, वेष्ट इन्डिजका लागि भने बलिङतर्फ शान्नोन गाब्रियलले ४ विकेट लिए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय