+

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, सलाहको ह्याट्रिक

२०७५ मंसिर  २३ गते ६:२१ २०७५ मंसिर २३ गते ६:२१
लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, सलाहको ह्याट्रिक

२३ मंसिर, काठमाडौं । इंग्लिस  प्रिमियर लिग फुटबलमा बर्नेमाउथलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ४-० गोलअन्तरले पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा मोहमद सलाहले ह्याट्रिक गोल गर्दा एक गोल भने बर्नेमाउथका स्टिभ कुकले आत्मघाती गोल गरेपछि उपहार स्वरुप पाएको थियो ।

खेलको २५औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल उपहार स्वरुप पाएको थियो ।

खेलको ४८औं मिनेटमा सलाहले अर्को गोल गर्दै लिभरपुललाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ६८औं मिनेटमा कुकले आत्मघाती गोल गरेपछि लिभरपुलले ३-० गोलको अग्रता बनाएको थियो । खेलको ७७औं सलाहले गोल गर्दै ह्याट्रिक पूरा गर्दै लिभरपुललाई ४-० गोलको फराकिलो जित दिलाएका थिए ।

जितसँगै लिभरपुलले १६ खेलबाट ४२ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको हो । पराजित बर्नेमाउथको भने १६ खेलबाट २३ रहेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय