१० पुस, काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले चेल्सी र आर्सनल पनि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको बताएका छन् ।
प्रिमियर लिगको १८ वटा खेल सकिएको छ । लिगको आधा खेल सकिदासम्म लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा साविक विजेता म्यान्चेस्टर सिटी लिभरपुलभन्दा चार अंकले पछाडि छ ।
लिगको तेस्रो स्थानमा भने टोटनहृयाम छ । उसको १८ खेलबाट ४२ अंक छ । लिगको चौथो स्थानमा चेल्सी रहँदा पाँचौ स्थानमा भने अर्सनल रहेको छ । चेल्सी र आर्सनलको समान ३७-३७ अंक छ ।
यता, लिभरपुलका प्रशिक्षक क्लोपले भने शीर्ष पाँचौं स्थानसम्म रहेका टिमको उपाधि जित्ने सम्भावना उत्तिकै रहेको बताएका छन् ।
क्लोपले भनेका छन्, ‘यहाँ कसैले पनि सुरक्षित महसुस गरेका छैनन् । सबैको आँखा उपाधिमै छ । टोटनहृयामले पनि राम्रो खेल खेल्दै आइरहेको छ । आर्सनल र चेल्सीमा पनि छन् ।’
प्रतिक्रिया 4