Comments Add Comment

दीपिका विवाहको मुडमा, फिल्म छैन हातमा

डेब्यु चलचित्र ‘ऐश्वर्य’बाटै राम्रो चर्चा पाएकी थिइन्, दीपिका प्रसाईले । उनलाई नेपाली चलचित्रमा संभावना बोकेकी नायिकामा हेर्न थालिएको थियो ।

उनको उदय ठिक त्यहीबेला भयो, जतिबेला नेपाली चलचित्रमा हिरोइनको खडेरी थियो । संख्याका हिसाबले हिरोइन त प्रशस्तै थिए, तर उनीहरुको उपस्थिती एकदमै फितलो थियो ।

जसै दीपिका प्रसाई पर्दापण भइन्, धेरैले उनीमाथि संभावना देखे । ‘ऐश्वर्य’पछि उनी मल्टिस्टार चलचित्र ‘छक्का पञ्जा-३’मा देखिइन् । यद्यपी उक्त चलचित्रले उनको कदलाई खासै उकास्ने काम गरेन । यसै बखत उनी निर्देशक दीवाकर भट्टराईसँग रोमान्स गरिरहेको चर्चा चल्यो । यो चर्चालाई उत्कर्षमा पुर्‍याउँदै दुबैले औंठी मात्र साटेनन्, अदालती विवाह नै गरे ।

भनिहालौं, दिवाकरले नै दीपिकालाई चलचित्रमा डेब्यु गराएका हुन् ।

अहिले दिवाकर निर्देशित चलचित्र ‘क्याप्टेन’ हलमा लागेको छ । यता दीपिका भने खाली छिन् । अर्थात कुनै चलचित्रमा काम गरेकी छ्रैनन् । तर, अहिले उनी कुनै चलचित्रमा काम गर्ने मुडमा छैनन् । कारण, उनी आगमी बैशाखमा विवाह गर्दैछिन् । दिवाकर र दीपिकाले बैशाखको २४ गतेलाई आˆनो विवाहको मिति तय गरेका छन् ।

यस्तैमा, दीपिकाले एभरेस्ट सुर्य बोहरको चलचित्र ‘हेल्लो जिन्दगी’मा काम गर्ने खबर बाहिरिएको छ । तर, दिपिका भने यस कुरालाई मन्न तयार छैनन् । उनी भन्छिन्, ‘उहाँहरुसँग कुरा भएको हो । साइन भएको छैन् । अहिले म बिबाहको तयारीमा लागिरहेको छु । तत्कालै चलचित्रमा काम गर्ने कुनै योजना छैन् ।’

दीपिका र सुर्य बोहरा बीच मैखिक कुरामात्र भएको हो । दिपिकाले उक्त चलचित्रको स्कृप्ट पढेकी पनि छैनन् । दीपिकाले थपिन्, ‘यदी स्क्रिप्ट मन पर्‍यो र समय अनुकुल मिल्यो भने गर्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment