+
+

आलियासँग अलग भएका सिद्धार्थ तारासँग जोडिए

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते ११:४१

कुनै समय बलिउड नायिका आलिया भट्ट र नायक सिद्धार्थ मल्होत्राको प्रेम निकै उत्कर्षमा पुगेको थियो । उनीहरुको प्रेम मिडियामा पनि खुल्लम खुल्ला थियो । तर, अहिले भने उनीहरु एक आपसमा छुट्टिएका छन् । आन्तरिक असमझदारीका कारण उनीहरु छुट्टिएका थिए ।

सिद्धार्थसँग छुट्टिएकी आलिया अहिले नायक रणवीर कपुरको प्रेममा मस्त छिन् । उनीहरुको प्रेम पनि मिडियासामु प्रस्ट छ । रणवीर र आलिया छिट्टै बिबाहको तयारी पनि गरिरहेका छन् ।

आलियासँग छुट्टिएका सिद्धार्थ भने सिंगल थिए । तर, अब भने उनी सिंगल छैनन् भन्ने चर्चा बलिउड बजारमा चल्न थालेको छ । बलिउडमा चलेको गसिपलाई आधार मान्ने हो भने सिद्धार्थ अहिले ‘स्टुडेन्ट अफ दि इयर–२’बाट डेब्यु गर्न लागेकी नायिका तारा सुतारियाको प्रेममा छन् ।

उनीहरु एक मलमा चलचित्र ‘बदला’ हेर्न एकसाथ पुगेका थिए । उनीहरु बेला–बेला एक अर्कालाई भेट्ने गरेको कुरा पनि मिडियामा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?