
४ चैत, सुर्खेत । राप्रपा (संयुक्त) को कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा सुरु भएको छ । भेलामा अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई अब विभाजन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले भने, ‘लोहनीजी र मेरो सहकार्य पचास वर्षभन्दा लामो छ । हामीले धेरै ठूला बाधा अड्चन पार गरेका छौं, धेरै उपलब्धी हासिल गरेका छौं । त्यसकारण राप्रपा (संयुक्त) फुट्छ कि भनेर किञ्चित पनि शंका लिनु पर्दैन ।’
राणाको भनाईमा सहमति जनाउदै पार्टीका अर्का अध्यक्ष लोहनीले भने, ‘हामीले हिजो गल्ती ग¥यौं होला तर अब फुट्दैनौं । हामी एउटा मिसनमा छौं, त्यो पूरा गरेरै छाड्छौं । वैदिक सनातन हिन्दू राष्ट्रको पहिचान र हिमाल, पहाड, तराई सबैलाई स्वीकार्य हुने संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र स्थापना गर्न आवश्यक परे आन्दोलन गर्छौं ।’
वर्तमान प्रणालीमा राष्ट्र प्रमुखको भूमिका निष्पक्ष नभएको, दलगत आग्रहबाट प्रभावित भएको अध्यक्ष राणाले बताए ।
दुई तिहाईको सरकार भ्रष्टाचारमा लिप्त छ भन्दै राणाले वाइड बडी प्रकरणमा सरकारले सर्वदलीय सहमति कायम गरेको बताए । ‘सरकार भ्रष्टाचारले डुङडुङ गनाएको छ’ उनले भने ।
अध्यक्ष लोहनीले अहिलेको सरकार इतिहासमै सबैभन्दा भ्रष्ट भएको जिकिर गरे ।
प्रतिक्रिया 4